काठमाडौँ । कानुन समूहका दुई जना महिला सहसचिव सचिवमा बढुवा भएका छन् ।
सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले कानुन समूहका सहसचिव निर्मला अधिकारी भट्टराई र इन्दिरा दाहाल भट्टराईलाई सचिवमा बढुवा गरेको हो । साथै उनीहरूको पदस्थापन समेत भएको छ ।
निर्मला बढुवापछि पनि सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवको रूपमा पदस्थापन भएको छ भने इन्दिरा नेपाल कानुन आयोगको सचिवमा पदस्थापन भएकी छन् ।
