शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सिन्धुलीबाट बेपत्ता भएका यि हुन् हायु परिवारका १६ जना


    हुलाक प्रेस

    • सोमबार, साउन १२ २०८२०८:२४
    सिन्धुलीबाट बेपत्ता भएका  यि हुन् हायु परिवारका १६ जना

    काठमाडौँ । सिन्धुलीको गोलान्जोर गाउँपालिका-६ बागेश्वरबाट बेपत्ता भएकाहरूको सूची सार्वजनिक भएको छ। वडाध्यक्ष रविन श्रेष्ठले बेपत्ता हुने हायु परिवारका सदस्यको सूची सार्वजनिक गरेका हुन्।  

    प्रहरीका अनुसार एकै परिवारका १६ जना तीन दिनअघि रामेछापसम्म पुगेको थाहा भएको छ। बिहीबारदेखि सम्पर्कविहीन भएका उनीहरूको लोकेसन शुक्रबार राति १० बजेर ९ मिनेट जाँदा रामेछापमा देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए। 

    त्यसयता उक्त मोबाइल पनि नचलेको र लोकेसन ट्रयाक गर्न नमिलेको प्रहरीले जानकारी दिएको छ। बेपत्ता भएका परिवारको घरमा बस्तुभाउ सबै छन्। गाउँलेले उनीहरूलाई बिहीबारदेखि नै नदेखेको बताएका छन्।  

    हायु थरका उनीहरूलाई स्थानीय सरकारले लोपउन्मुख जातिका रुपमा मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले भत्तासमेत दिँदै आएको थियो। उनीहरू सबैले सरकारले उपलब्ध गराउँदै आएको केही दिनअघि मात्रै बुझेका थिए।  

    यस्तै घरमै सुँगुर काटेर खाएको पनि देखिएको छ। हायुको घर एकान्तमा छ। त्यहाँबाट अर्को कुनै घर पुग्न कम्तिमा १५ मिनेट लाग्ने वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। 

    उनीहरूले एउटा भैँसी गाउँकै अर्को घर नजिकै बाँधेका थिए। हरेक दिन घाँस पानी गर्न जान्थे। तर, बिहीबारदेखि उनीहरू भैँसीलाई घाँस हाल्न नगएपछि गाउँले सोमबार बिहान घरै पुगेर हेर्दा ढोका खुलै थियो। तर, मान्छे कोही पनि थिएनन्। त्यसपछि खोजी सुरु भएको हो।  

    यी हुन् बेपत्ता भएकाहरू  
    १) वर्ष ५२ की उर्मिला हायु (आमा)
    २) वर्ष २७ की कमला हायु (छोरी)
    ३) वर्ष २३ की कोमल माया हायु (बुहारी)
    ४) वर्ष २२ की उषा हायु (छोरी)
    ५) वर्ष १९ की सुजता हायु (छोरी)
    ६) वर्ष १८ की अस्मिता हायु (छोरी)
    ७) वर्ष १२ की सान्ता हायु (छोरी)
    ८) वर्ष २९ को राजु हायु (छोरा)
    ९) वर्ष २४ को हिमाल हायु (छोरा)
    १०)वर्ष १६ को लाल बहादुर हायु ( छोरा)
    ११) वर्ष १४ को बेग बहादुर हायु ( छोरा)
    १२) वर्ष ११ को लक्की हायु (छोरा)
    १३) वर्ष १२ को सुवर्ण हायु (छोरा)
    १४) वर्ष १० की ओम कुमारी हायु (छोरी)
    १५) वर्ष १ को अर्जुन हायु (नाती)
    १६) वर्ष ४ की रियासा हायु ( नातिनी)
     


    प्रतिक्रिया दिनुहोस