शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • डोल्पाको ठूली भेरी नदीले खतराको तह पार गर्‍यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह


    हुलाक प्रेस

    • मंगलबार, साउन १३ २०८२०९:१३
    डोल्पाको ठूली भेरी नदीले खतराको तह पार गर्‍यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    डोल्पा । लगातारको वर्षासँगै डोल्पाको ठूली भेरी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ ।

    जल तथा मौसम विज्ञान विभागले आज बिहान ८ः०५ बजे ठूली भेरीको त्रिपुराकोट जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको जनाउँदै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले बाढी र कटानको जोखिम बढेको हो । 

    नदीको तटीय क्षेत्र र आसपासका होचा भूभागमा रहनेहरूलाई आज दिनभर नै सुरक्षित तथा अग्लो स्थानमा रहन र आवश्यक सतर्कता अपनाउन विशेष अनुरोध गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस