शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • उर्मिला हायूको परिवार पोखरामा भेटिए, घरमा विरामी धेरै परेपछि छोडेर हिँडेको भनाई


    हुलाक प्रेस

    • मंगलबार, साउन १३ २०८२१०:५०
    उर्मिला हायूको परिवार पोखरामा भेटिए, घरमा विरामी धेरै परेपछि छोडेर हिँडेको भनाई

    गण्डकी । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    उर्मिला सहित उनका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए । 

    “हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उहाँहरू जहाँ बसेको हो त्यही रहनुभएको छ, सामान्य सोधपुछ गरेर राखिएको छ”, उनले भने, “उहाँहरू त्यहाँ कोठा खोजेर बस्नुभएको रहेछ ।”

    घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूले प्रारम्भिक जानकारी दिएका प्रहरी प्रमुख विकले जानकारी दिए । उनीहरूकाबारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 
    रासस


  • सम्बन्धित विषय:

  • # #urmilahaiufamily
  • प्रतिक्रिया दिनुहोस