शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • हेटौँडाको न्यायिक समितिः एक वर्षमा १४३ उजुरी फछ्र्योट


    हुलाक प्रेस

    • बुधबार, साउन १४ २०८२१०:२२
    हेटौँडाको न्यायिक समितिः एक वर्षमा १४३ उजुरी फछ्र्योट

    बागमती । हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३ उजुरी फछ्र्योट गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले मेलमिलापको सिद्धान्तमा आधारित भएर मुद्दा किनारा लगाएको हो । 

    स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ । 

    समितिमा आर्थिक वर्ष २०८१/८२ मा नयाँ दर्ता भएका २४७ वटा उजुरी र पुराना ४४ वटा गरी २९१ उजुरीमध्ये १४३ वटा  फछ्र्योट भएका उपप्रमुख बानियाँले बताए । समितिले ४५ वटा उजुरीको निरुपण अदालतबाट हुनुपर्ने राय दिइएको, नौवटा उजुरी अन्य न्यायिक निकायमा पठाइएको, २० वटा उजुरी निष्क्रिय भएको र १२ वटा निवेदन फिर्ता भएका छन् । 

    उपमहानगरपालिकामा आव २०७४/७५ देखि नै न्यायिक समिति गठन भएको हो । त्यसयता दर्ता भएका एक हजार २५४ उजुरीमध्ये ७४३ वटा फछ्र्योट भएका छन् ।  रासस


    प्रतिक्रिया दिनुहोस