शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • लागूऔषधसहित काठमाडौँबाट छ जना पक्राउ


    हुलाक प्रेस

    • बिहीबार , साउन १५ २०८२०६:२१
    लागूऔषधसहित काठमाडौँबाट छ जना पक्राउ

    काठमाडौँ । लागूऔषधको अवैध कारोबारमा संलग्न छजना काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका छन् ।

    प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा लागूऔषध ६०० ट्याब्लेट नाइट्राभेट बोकेर हिँडिरहेको अवस्थामा पाँच जना र काठमाडौँ महानगरपालिका–२६ सामामुखीबाट खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको हो । 

    प्रहरीले लागूऔषध ओसारपसारमा संलग्नलाई आज सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा कालिकोटका २५ वर्षीय सरोज शाही, सिन्धुपाल्चोकका २४ वर्षीय सूर्य लामा, काभ्रेपलाञ्चोकका ३३ वर्षीय विमल मगर, कास्कीका ३४ वर्षीय आशिष विक र ३० वर्षीय मनवीर गुरुङ तथा झापाका ३३ वर्षीय शङ्कर राजवंशी रहेका छन् । राजवंशीको साथबाट १०९ दशमलव २२ ग्राम खैरो हेरोइन, डिजिटल तराजु एक थान, मोबाइल नौ थान र नेपाली नगद रु ८२ हजार ६३५ बरादम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । रासस


    प्रतिक्रिया दिनुहोस