काठमाडौं । प्रहरीले विहीबार मध्यराति गुण्डागर्दीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ । पक्राउ गर्नका लागि प्रहरीले बिहीबार रातभर ठमेल र महाराजगञ्ज क्षेत्रमा अप्रेसन चलाएको थियो ।
चक्रे मिलनको ‘बर्थडे पाटी’मा गुण्डागर्दीमा संलग्न व्यक्तिहरु भेला भएको सूचनाको आधारमा प्रहरीले अप्रेसन चलाएको थियो । गुन्डानाइके चक्रे गुरुङ (चक्रे मिलन) पक्राउ परेका छन् । उनीसहित ४७ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
विभिन्न आपराधिक गतिविधिमा सक्रिय गुरुङसहित ४७ जनालाई काठमाडौ प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको हो ।
सादा पोशाकमा काठमाडौं प्रहरी परिसर र उपत्यका अनुसन्धान कार्यालयको टोलीले संयुक्तरुपमा अप्रेसन चलाएका थिए ।