शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल इकोसकको अध्यक्षमा निर्वाचित


    हुलाक प्रेस

    • शुक्रबार, साउन १६ २०८२११:०७
    नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

    काठमाडौँ । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा निर्वाचित भएको छ । परिषद्मा बिहीबार निर्वाचित भएसँगै नेपालले कार्यभार पनि सम्हालेको छ । 

    संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले परिषद्को  कार्याभार सम्हालेपछि अध्यक्षमा नेपाल निर्वाचित हुनु नेपाल र बहुपक्षीयताप्रतिको नेपालको स्थायी प्रतिबद्धताको लागि ‘ऐतिहासिक क्षण’ भएको बताएका छन् ।

    दिगो विकासका लक्ष्य हासिल गर्न अध्यक्षका रूपमा नेपालले हरसम्भव प्रयत्न गर्ने तथा त्यसनिम्ति  हालसम्म भएका पहलहरूको प्रभावकारी कार्यान्वयनका साथै साझेदारी र बहुपक्षीयतालाई सुदृढ तुल्याउनेतर्फ आफू क्रियाशील रहने प्रतिबद्धता राजदूत थापाले व्यक्त गर्नुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । 

    “बहुपक्षीयतामा विश्वास पुनःस्थापना गर्ने, विभाजन घटाउने  जोखिममा परेकाहरूलाई सशक्त बनाउने र प्रतिबद्धताहरूलाई कार्यमा रूपान्तरण गर्नेमा जोड दिनेछु”, उनले भने ।
    रासस


    प्रतिक्रिया दिनुहोस