शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा


    हुलाक प्रेस

    • शुक्रबार, साउन १६ २०८२०४:१४
    नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

    जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछापका दुई हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक फर्मलाई जरिवानासहित कारबाही गरको छ ।
     
    सो कार्यालयले नापतौलमा ठगी गर्ने तथा लामो समयदेखि नापतौल यन्त्रको नवीकरण नगर्ने दुई हजार ४३ उद्योगी तथा व्यावसायिक फर्मलाई कारबाही गरेको हो ।  

    उल्लिखित पाँच जिल्ला कार्यक्षेत्र रहेको जनकपुरधामस्थित नापतौल कार्यालयले गत आर्थिक वर्ष २०८१र८२ मा व्यावसायिक कारोबारमा अनियमित काम गर्नेलाई कारबाही गर्नुका साथ अनुगमन तथा निरीक्षणका क्रममा नापतौल यन्त्रको इजाजतसमेत दिएको जनाएको छ ।
     
    कार्यालय प्रमुख सुनील यादवले अनुगमनका क्रममा उद्योगी व्यवसायीले आफूखुसी अनियमित रुपमा ढक तथा तराजु र ‘डिजिटल’ प्रविधिमा आधारित  नापतौलयन्त्रको प्रयोग गरेको भेटिएपछि जरिवानासहित कानुनी दायरामा ल्याएको बताए । 
    प्रमुख यादवका अनुसार आर्थिक गत वर्षको साउनदेखि असारसम्म गरिएको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा इजाजतविना आफूखुसी नापतौल यन्त्रको प्रयोग गरेको तथा कम तौलको सामान दिइ बढी रकम लिने गरेको गुनासोका आधारमा कानुनबमोजिम कारबाही गरिएको हो ।  
     
    सो अवधिमा दुई हजार ६३० व्यावसायीको नापतौल यन्त्रको जाँच गरेकामा सर्लाहीको लालबन्दी  तथा  हरिवन नगरपालिका, महोत्तरीको गौशाला,  रामेछापको मन्थली नगरपालिका र  सिन्धुलीको कमलामाई नगरपालिका केही व्यवसायीको नापतौल यन्त्रको प्रयोगमा कैफियत दखिएपछि जरिवानासहित उनीहरूलाई सचेत गराइएको सो कार्यालयले जनाएको छ ।
     
    पटकपटक गरिएको एकल तथा संयुक्त अनुगमनका क्रममा सो कार्यालयले रु  ५१ लाख एक हजार ९६० राजस्व सङ्कलन गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा उक्त कार्यालयले रु ४० लाख ६७ हजार दुई ४२ राजस्व सङ्कलन गरेको थियो । रासस


    प्रतिक्रिया दिनुहोस