काठमाडौं । अब सवारीचालक अनुमतिपत्रको अवधि दश वर्ष हुने भएको छ ।
प्रतिनिधि सभाले “केही नेपाल ऐन संशोधन विधेयक” पारित गरी सवारीचालक अनुमतिपत्रको अवधि दश वर्ष बनाउने निर्णय गरेको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५४ को उपदफा ३ मा रहेको ‘पाँच वर्षसम्म’ भन्ने शब्दलाई ‘दश वर्षसम्म’ले प्रतिस्थापन गरिएको छ ।
लाइसेन्स नवीकरण गर्दा पनि नयाँ व्यवस्था अनुसार १० वर्षसम्मको मान्यता प्राप्त हुनेछ । यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो ।