शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • इकुमा पहिरो, अरनिको राजमार्ग अवरुद्ध


    हुलाक प्रेस

    • आइतबार, साउन १८ २०८२०७:२६
    इकुमा पहिरो, अरनिको राजमार्ग अवरुद्ध

    काठमाडौं । सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पुनः अवरुद्ध भएको छ । भोटेकोसी गाउँपालिका–२, कोदारीमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    आइतबार (साउन १८) बिहान करिब ५ः२० बजे उक्त स्थानस्थित इकुमा पहिरो खसेको हो । अविरल वर्षासँगैको पहिरोले बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    उक्त स्थानमा यसपालि केहीपटक पहिरो खसिसकेको छ । पहिरो पन्छाएर सडक पुरानै अवस्थामा फर्काउने गरिँदै आएको छ ।

     


    प्रतिक्रिया दिनुहोस