शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • हनुमन्ते खोलामा बाढी, सतर्कता अपनाउन आग्रह


    हुलाक प्रेस

    • आइतबार, साउन १८ २०८२०७:३१
    हनुमन्ते खोलामा बाढी, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । वर्षासँगै भक्तपुरस्थित हनुमन्ते खोलामा आइतबार (साउन १८) बिहान बाढी आएको छ । कौशलटारमा हनुमन्तेको जलसतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    खोलामा पानीको बहाव बढ्दो क्रममा छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    “साउन १८ बिहान १२ः२५ बजे । भक्तपुर जिल्लास्थित हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेको हुँदा नदीतटीय क्षेत्रमा रहनुहुने र नदी किनार भई यात्रा गर्नेहरूले बिहानसम्म सतर्कता अपनाउनुहुन अनुरोध छ,” विभागको सूचनामा उल्लेख छ ।


    प्रतिक्रिया दिनुहोस