बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • युक्रेनमा बमवारिबाट सबै भन्दा धेरै क्षति


    हुलाक प्रेस

    • आइतबार, साउन १८ २०८२०७:४६
    युक्रेनमा बमवारिबाट सबै भन्दा धेरै क्षति

    किभ । यो साता युक्रेनमा भएको बमवारिबाट मर्नेको सङ्ख्या ३१ पुगेको छ । युक्रेनका अधिकारीले जनाए अनुसार एउटै आक्रमणबाट यत्ति धेरै मानवीय क्षति भएको यो नै पहिलो पटक हो ।

    आपत्कालीन निकायले दिएको जानकारी अनुसार बम बारीपछि भवनमा च्यापिएर मरेका २८ जनाको शव निकालिएको छ । यसमा ५ जना बालबालिका छन् ।

    एकै पटक १५९ जना घाइते भएका छन् । यसरी सबैभन्दा धेरै घाइते भएको पनि यो पहिलो पटक हो । किभका सैन्य प्रशासनका प्रमुख ट्युमर टासचेन्कोले दिएको जानकारी अनुसार घरमा एकै पटक सय भन्दा बढी थिचिएका छन् ।

    यस घटनापछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले रुसले मान्छे मार्ने क्रम नरोके पछि अन्तर्राष्ट्रिय निकायले प्रतिबन्ध लगाउँदै दबाब दिनु पर्नेमा जोड दिएका छन् ।


    प्रतिक्रिया दिनुहोस