शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • प्रहरीद्धारा हवाई फायर गरी हेरोइनसहित दुई जना पक्राउ


    हुलाक प्रेस

    • आइतबार, साउन १८ २०८२०२:०४
    प्रहरीद्धारा हवाई फायर गरी हेरोइनसहित दुई जना पक्राउ

    राजविराज (सप्तरी) । सप्तरीको  छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा प्रहरीले हवाई फायर गरी आज हेरोइनसहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ  । 

    गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले दुई राउण्ड हवाई फायर गर्दै  दुई जनालाई लागुऔषध हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बडिविरपुर  का विशाल राय र डाक्नेश्वरी– ७ का मनोज राय छन्  । सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीका अनुसार पक्राउ परेकाहरुको साथबाट एक सय ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन बरामद भएको छ ।

    प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न खोजेका थिए । सोही क्रममा नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गर्नुपरेको उपरीक्षक केसीको भनाइ छ ।  
    रासस


    प्रतिक्रिया दिनुहोस