काठमाडौं । नारायणगढबाट गोर्खा जाँदै गरेको यात्रुवाहक बस तनहुँमा मर्स्याङ्दी नदी किनारमा खसेको छ ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारी अनुसार आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ऐनापहरामा बा२ ख १०७७ नम्बरको यात्रुवाहक बस नदि किनारमा खसेको हो ।
बस खसेपछि स्थानीयले उद्धारका लागि प्रहरीलाई खबर गरेको थियो ।
अहिले उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २३ मनकामना गण तनहुँबाट उद्धार टोली परिचालन भएको भएको छ । थप विवरण आउन बाँकी छ ।