शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नदीमा बगेर बेपत्ता भएका वृद्धको शव फेला


    हुलाक प्रेस

    • आइतबार, साउन १८ २०८२०५:१५
    नदीमा बगेर बेपत्ता भएका वृद्धको शव फेला

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित स्याली नदीमा बगेर बेपत्ता भएका अन्दाजी ७० वर्षीय गणेश कुँवरको शव आज फेला परेको छ ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरस्थित शिवरमा बस्दै आएका कुँवर नदी तर्ने क्रममा शुक्रबार साँझ बगेर बेपत्ता भएका थिए । 

    इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार खोजतलास गर्ने क्रममा बगेको ठाउँभन्दा करिब दुई किलोमिटर दक्षिण सनवोरा र स्याली नदीको दोभानमा आज कुँवरको शव फेला परेको हो ।

    शव परीक्षण गर्नका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको जनाउँदै उनले कुँवरको तीन दिनसम्म प्रहरी, स्थानीय बासिन्दालगायतले खोजी गरेका बताए । रासस


    प्रतिक्रिया दिनुहोस