शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सप्तकोसी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए


    हुलाक प्रेस

    • सोमबार, साउन १९ २०८२०६:४५
    सप्तकोसी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

    इनरुवा (सुनसरी) । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारणले सप्तकोसी नदीमा आइतबार बिहानदेखि पानीको बहाव बढेको छ । 

    साँझ ७ बजेको मापनअनुसार कोसी ब्यारेज भएर एक लाख ८९ हजार ३९० प्रतिसेकेन्ड क्युसेक पानीको बहाव रहेकामा राति ८ बजे एक लाख ९१ हजार २१० प्रतिसेकेन्ड क्युसेक पानीको बहाव मापन भएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।  हाल ५६ मध्ये २७ वटा ढोका खुला गरिएका उनले बताए । 

    प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले नदीमा पानीको बहाव बढे पनि कुनै समस्या नरहेको बताए । 

    कोसी ब्यारेज भएर एक लाख ५० हजारभन्दा माथि पानीको बहाव पुगेमा खतराको संकेतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोहीअनुसार रातो बत्ती बालिएको कोसी ब्यारेज कन्ट्रोल रूमले जनाएको छ । रासस


    प्रतिक्रिया दिनुहोस