बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आप्रवासी चढेको डुङ्गा दुर्घटना : ६८ जनाको मृत्यु, ७४ बेपत्ता


    हुलाक प्रेस

    • सोमबार, साउन १९ २०८२०७:४२
    आप्रवासी चढेको डुङ्गा दुर्घटना : ६८ जनाको मृत्यु, ७४ बेपत्ता

    यमन । यमनको समुन्द्री तटमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ६८ अफ्रिकी आप्रवासीको ज्यान गएको छ । संयुक्त राष्ट्र सङ्घीय आप्रवासी नियोगले जनाए अनुसार ७४ जना हराइरहेका छन् । सो डुङ्गामा १५१ जना इथियोपियाका आप्रवासी थिए ।

    दुर्घटनामा १२ जना बाच्न सफल भएका छन् । ५४ जनाको शव खानफारमा फेला परेको हो। १४ जनाको शव अन्य विभिन्न स्थानमा फेला परेको छ । यमनी अधिकारीहरूले यसअघि नै ५४ जनाको ज्यान गएको बताएका थिए ।

    जन्जिबारमा रहेको स्वास्थ्य निर्देशक अब्दुल बादेर कलामीले साक्रमा उनीहरूको अन्त्येष्टि गरिने जानकारी दिए ।

    त्यहाँ पानीको बाटो हुँदै यमनी र अफ्रिकालीले यात्रा गर्नु स्वाभाविक मानिन्छ । सन् २०१४ मा यमनमा गृह युद्ध सुरु भएपछि सोही बाटोको प्रयोग गरेर भाग्नेक्रम व्यापक भएको हो । सोमालिया र इथियोपियाका बासिन्दा पनि सोही बाटोबाट भाग्ने गर्छन् ।


    प्रतिक्रिया दिनुहोस