बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनको आदेश


    हुलाक प्रेस

    • सोमबार, साउन १९ २०८२०७:२३
    दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न  उच्च अदालत पाटनको आदेश

    काठमाडौं । उच्च अदालत पाटनले दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको आदेश उल्टाउँदै धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    तीनकुने घटनामा प्रसाईँसँग उच्च अदालतले ३ लाख मात्रै धरौटी माग गरेको छ । तर, बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

    तीनकुने घटनाका अभियुक्तहरू सुशील बराल र तारा राजावादी भन्ने सरोज गौतमसँग ५०-५० हजार रूपैयाँका दरले धरौटी माग गरिएको छ ।

    जिल्ला अदालतले थुनामा राखी मुद्दाको बाँकी कारबाही गर्न आदेश दिएका प्रसाईसहित चार अभियुक्तलाई उच्च अदालतले बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्ने मौका दिएको हो ।


    प्रतिक्रिया दिनुहोस