बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्रीको कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने सरकारको निर्णय


    हुलाक प्रेस

    • बिहीबार , पुस १२ २०८००५:१३
    प्रधानमन्त्रीको कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत ६८ जना कर्मचारीको दरबन्दी कटौती गरेको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओएनएम) स्वीकृत गर्दै ६८ वटा दरबन्दी कटौतीको निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। 

    यो निर्णयसँगै कटौतीमा परेका ६८ जना कर्मचारीको दरबन्दी अन्य मन्त्रालयमा पठाइन लागिएको छ।

    'अब त्यहाँका कर्मचारी अन्यत्र खट्ने छन् ' उनले भनिन्, 'यो निर्णयसँगै प्रधानमन्त्री कार्यालयको पुनर्संरचना पनि सुरु भएको छ।'


    प्रतिक्रिया दिनुहोस