बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेस बैठकमा नेताहरूले भने– चुनाव हारेकालाई राष्ट्रियसभामा उमेदवार नबनाऊ


    हुलाक प्रेस

    • बिहीबार , पुस १२ २०८००५:५०
    कांग्रेस बैठकमा नेताहरूले भने– चुनाव हारेकालाई राष्ट्रियसभामा उमेदवार नबनाऊ

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरूले चुनावमा पराजित भएकाहरूलाई राष्ट्रियसभा निर्वाचनमा उमेदवार बनाउन नहुने बताएका छन् । सानेपामा जारी बैठकमा बिहीबार नेताहरूले नयाँलाई अवसर दिनुपर्ने बताएका छन् ।

    बैठकमा केन्द्रीय सदस्य देवेन्द्र कँडेलले विभिन्न तहमा चुनाव लडेर हारेकाहरूलाई उमेदवार बनाउन नहुने बताए । 'अवसर नपाएकाहरूलाई अवसर दिऔँ । मापदण्ड बनाऔँ,' उनको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

    अर्का नेता राजीव कोइरालाले पनि चुनावमा पराजित भएकाहरूलाई राष्ट्रियसभामा उमेदवार बनाउन नहुने बताए । अन्यथा आफूलाई पनि उमेदवार बनाउन उनको माग छ ।

    'हारेकाहरूलाई राष्ट्रियसभामा उमेदवार बनाउने भए मैले पनि चुनाव हारेको हो । मलाई पनि उमेदवार बनाऊ । मापदण्ड बनाऊ, चुनाव हारेकालाई उमेदवार नबनाऊ,' बैठकमा उनले भनेका थिए ।


    प्रतिक्रिया दिनुहोस