शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • लोडसेडिङको तालिका सार्वजनिक गर्ने चनौली वितरण केन्द्रका प्रमुखको सरुवा


    हुलाक प्रेस

    • बुधबार, साउन २१ २०८२०८:५१
    लोडसेडिङको तालिका सार्वजनिक गर्ने चनौली वितरण केन्द्रका प्रमुखको सरुवा

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा भएको छ ।

    गत साउन १० गते विद्युत आपूर्ति कट्टौती गर्ने एक दिने सूचना लोडसेडिङ कै झल्को दिने गरी प्रकाशन गरेका श्रेष्ठलाई प्राधिकरणले पूर्वी नवलपरासीको सदरमुकाम कावोसाती सरुवा गरिएको हो ।

    प्राधिकरणले कर्मचारी सेवा सर्त विनियमावली २०७५ को विनियम ४९ को उपविनियम १ को खण्ड(ग) बमोजिम वितरण तथा ग्राहक सेवा निर्देशानालय अन्तर्गत कावासोती वितरण केन्द्रमा सरुवा गरेको जनाएको छ ।

    चनौली वितरण केन्द्रमा माग अनुसारको विद्युत सप्लाई हुन नसकेको भनेर केन्द्र प्रमुख श्रेष्ठले लोडसेडिङ सम्झाउने गरी तालिका प्रकाशन गरेपछि प्राधिकरण आलोचित बनेको थियो ।

    प्राधिकरणको ब्यापक आलोचना भएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफैं चितवन आएका थिए ।

    साउन १२ गते चितवन आएका शाक्य समस्या भएको चनौली वितरण केन्द्र पुग्दा केन्द्र प्रमुख श्रेष्ठ जिल्लामा नै भएर पनि उपस्थित भएका थिएनन् ।

    श्रेष्ठ कार्यालयमा नभएपछि शाक्यले अन्य इन्जिनियरहरुसँग अवस्थाको बारेमा जानकारी लिएका थिए । पश्चिम चितवनको माडी, जगतपुर, शुक्रनगर, विजयनगर, रामपुर तथा पूर्वी चितवनका विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या साउन १३ गतेदेखि समाधान भएको छ ।

     


    प्रतिक्रिया दिनुहोस