शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • माडीमा करेन्ट लागेर गैँडाको मृत्यु


    हुलाक प्रेस

    • बुधबार, साउन २१ २०८२०१:००
    माडीमा करेन्ट लागेर गैँडाको मृत्यु

    चितवन । माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज बिहान ९ः३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको हो । 

    गैँडाको खाग, खुर सुरक्षित रहेको जनाउँदै उनले कसले कुन प्रयोजनका लागि धानबारीमा विद्युतीय करेन्ट छोडेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको बताए । रासस


    प्रतिक्रिया दिनुहोस