बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • घानामा हेलिकोप्टर दुर्घटना, रक्षा र पर्यावरणमन्त्रीसहित आठ जनाको मृत्यु


    हुलाक प्रेस

    • बिहीबार , साउन २२ २०८२०७:३८
    घानामा हेलिकोप्टर दुर्घटना, रक्षा र पर्यावरणमन्त्रीसहित आठ जनाको मृत्यु

    काठमाडौं । घानामा भएको एक सैन्य हेलिकोप्टर दुर्घटनामा आठजनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेहरूमा रक्षा मन्त्री एडवर्ड ओमाने बोआमाह र पर्यावरण, विज्ञान र प्रविधिमन्त्री इब्राहिम मुर्तला मुहम्मद पनि छन् । यसमा अन्य तीन सरकारी अधिकारी र तीन वायुसेना कर्मचारी पनि थिए । 

    घाना सशस्त्र बलका अनुसार, जेड–९ हेलिकोप्टर बुधबार बिहान राजधानी अकाराबाट ओबुआसीका लागि उडेकोमा रडारसँग सम्पर्क टुटेको थियो ।

    घाना सरकारले शोक व्यक्त गरेका छ । दुर्घटनाग्रस्त जेड–९ हेलिकोप्टर एक युटिलिटी हेलिकोप्टर थियो, जसको प्रयोग सामान्यतया यातायात र चिकित्सा उद्धारका लागि गरिन्थ्यो ।

    राष्ट्रपति जोन माहामाका चिफ अफ स्टाफ जुलियस डेबराहले यो दुर्घटना देशको अशान्त दक्षिणी क्षेत्रमा भएको बताए । उनले यसलाई राष्ट्रिय आपतकालीन अवस्थाको संज्ञा दिए । सन् २०१४ मे मा एक सेवा हेलिकोप्टर समुद्र तटनजिकै दुर्घटना भएको थियो, जसमा कम्तीमा तीनजनाको मृत्यु भएको थियो । 

    सन् २०२१ मा अकारामा एक मालवाहक विमान रनवेबाट चिप्लिएर यात्रुले भरिएको बससँग ठोक्किँदा दशजनाको ज्यान मृत्यु भएको थियो । एनबीसीन्युज


    प्रतिक्रिया दिनुहोस