शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • विद्यालय शिक्षा विधेयकका विवादित दफामाथि संसदीय समितिमा छलफल हुँदै


    हुलाक प्रेस

    • बिहीबार , साउन २२ २०८२०८:१६
    विद्यालय शिक्षा विधेयकका विवादित दफामाथि संसदीय समितिमा छलफल हुँदै

    काठमाडौं । विद्यालय शिक्षा विधेयकका विवादित दफामाथि संसदीय समितिमा छलफल हुँदै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विवादित विषयमा सहमतिको प्रयास हुन लागेको हो । 

    आजको समिति बैठकबाट विधेयक पारित गर्ने तयारी छ । समिति बैठक दिउँसो २ बजे बस्दै छ । 

    समितिका सभापति अम्मरबहादुर थापाका अनुसार, केही विवादित दफाहरूमा सहमति जुटिसकेको छ । “हिजोको परामर्श उपसमितिको बैठकमा केही विवादित दफाहरू मिलेका छन्,” थापाले भने, “आज समितिको बैठकले थप छलफल गरेर पारित गर्छ । समितिबाट पारित भएपछि प्रतिवेदन बनाएर प्रतिनिधिसभामा पेस हुन्छ ।” 

    यी हुन विवादित दफा :–  
    पूर्वप्राथमिक शिक्षा (ईसीडी) कार्यकर्तालाई शिक्षक मान्ने/नमान्ने, ईसीडीलाई स्थानीय तहमा राख्ने/नराख्ने, आन्तरिक र बाह्य पदपूर्तिको ६०/४० र शिक्षकतर्फबाट ७५/२५ को अडानमा विवाद छ । 

    आवधिक बढुवा, शिक्षकहरूको कार्यसम्पादन मूल्यांकनको नम्बरलगायत विषयमा सहमति जुट्न सकेको छैन ।

    गत चैत २० गतेदेखि शिक्षकले शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर काठमाडौंको माइतीघर–बबरमहल–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरेका थिए ।

    त्यसपछि वैशाख १७ गते सरकारले नेपाल शिक्षक महासंघसँग असार १५ भित्र विधेयक पारित गर्ने प्रतिबद्धतासहित नौबुँदे सहमति गरेको थियो ।

    महसंघले समितिको बैठकले लिने निर्णयको आधारमा आगामी रणनीति बनाउने जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस