शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सफ्टवेयर कम्पनीको ‘सोर्स कोड’ चोरेको आरोपमा २ जना पक्राउ


    हुलाक प्रेस

    • शुक्रबार, साउन २३ २०८२०५:५८
    सफ्टवेयर कम्पनीको ‘सोर्स कोड’ चोरेको आरोपमा २ जना पक्राउ

    काठमाडौं । सफ्टवेयर कम्पनीको सोर्स कोड चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरुमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ का २६ वर्षीय सुजनकुमार महतो र धादिङको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय सुमन श्रेष्ठ छन् । उनीहरुलाई साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

    बौद्धिक सम्पत्तिमा आघात पुर्‍याउने उदेश्यले उनीहरुले सोर्स कोड चोरी पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए ।

    उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ ।


    प्रतिक्रिया दिनुहोस