शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • चालिस हजार  गाँजाको बिरुवा नष्ट


    हुलाक प्रेस

    • शुक्रबार, पुस १३ २०८०११:३५
    चालिस हजार  गाँजाको बिरुवा नष्ट
    फाइल तस्वीर

    जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको  टोलीले करिब चार बिगाहा क्षेत्रफलमा लगाइएको ती बिरुवा फँडानी गरेको हो ।

    कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहेडाको वनमा लुकाई छिपाई गाँजा खेती गरिएको भन्ने  सूचनाका आधारमा २५ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेर नष्ट गरेको बताए ।  
    रासस


    प्रतिक्रिया दिनुहोस