शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • एकलाख 'घुस लिने' कल्याणपुरका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा


    हुलाक प्रेस

    • शुक्रबार, साउन २३ २०८२०६:५५
    एकलाख 'घुस लिने' कल्याणपुरका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको दाबीसहित अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    साहले वडा नम्बर ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग बिचौलियामार्फत घुस मागेको उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो । त्यसपछि अख्तियारको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले मेयर साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा २०८२ असार ३२ गते रकमसहित नियन्त्रणमा लिएको थियो ।

    अनुसन्धानको सिलसिलामा साहले कल्याणपुर नगरपालिका वडा नम्बर ६ स्थित पक्की नाला निर्माण कार्य सम्पन्नपछि भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

    शुक्रबार दायर गरिएको मुद्दामा साहसँग एक लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । साह नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख हुन् ।


    प्रतिक्रिया दिनुहोस