शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • कैलाली कारागार झडप : छानबिन गर्न पाँच सदस्यीय समिति गठन


    हुलाक प्रेस

    • शनिबार, साउन २४ २०८२०५:१३
    कैलाली कारागार झडप : छानबिन गर्न पाँच सदस्यीय समिति गठन

    काठमाडौं । कैलाली कारागारमा एक जनाको मृत्यु हुनेगरी भएको झडपबारे छानबिन गर्नका लागि छानबिन समिति बनेको छ ।
    सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको छानबिन समिति बनेको डीएसपी राज कुमार सिंहले जानकारी दिए ।

    उक्त समितिले घटनाको कारण पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश राखिएको छ । शुक्रबार राति कारागारमा झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए ।

    घाइतेहरूको उपचार भइरहेको छ । कैदीबन्दीहरुले कारागार नै नियन्त्रणमा लिएका थिए भने सुरक्षा व्यवस्था अव्यवस्थित बन्न पुगेको थियो ।

    यसबारे सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री रशेम लेखकले पनि सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।


    प्रतिक्रिया दिनुहोस