शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • जाजरकोटमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु


    हुलाक प्रेस

    • सोमबार, साउन २६ २०८२१२:२९
    जाजरकोटमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु
    काँक्रेविहार सुर्खेत । जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
     
    भेरी नगरपालिका–१ कोलचौर नजिकै कल्ले खोलामा आज भे१च २२४७ नंको एम्बुलेन्स दुर्घटना भएको छ ।
     
    दुर्घटनामा एम्बुलेन्सका चालक भेरी–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो । अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाका अनुसार भेरी–१  डौँरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो । 
     
    उकालो सडकमा भित्तामा ठोक्किएर एम्बुलेन्स दुर्घटना भएको हो । चालक चनाराको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।  
    रासस


  • सम्बन्धित विषय:

  • # #accident
  • # #death
  • # #ambulance
  • प्रतिक्रिया दिनुहोस