शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सवारी साधन दुर्घटना हुँदा तीनको मृत्यु, १५ जना घाइते


    हुलाक प्रेस

    • सोमबार, साउन २६ २०८२१२:३२
    सवारी साधन दुर्घटना हुँदा तीनको मृत्यु, १५ जना घाइते

    धरान (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा तीन जनाको निधन भएको छ भने १५ जना घाइते भएका छन् । 

    काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस  आज विहान एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

    उनका अनुसार निधनहुनेको पहिचान हुन सकेको छैन । 

    घाइतेहरुको इनरुवा , विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ ।   

    प्रहरी प्रवक्ता खतिवडाले बस चालक  झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।


  • सम्बन्धित विषय:

  • # #accident
  • # #death
  • प्रतिक्रिया दिनुहोस