शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • भदौ ३ देखि हुने ‘नाडा अटो शो’ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने


    हुलाक प्रेस

    • सोमबार, साउन २६ २०८२०१:००
    भदौ ३ देखि हुने ‘नाडा अटो शो’ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने

    काठमाडौं । आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाडा अटो शो’ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।

    नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आयोजना गर्ने १७औँ संस्करणको उक्त शो भव्य समारोहबीच ३ गते प्रधानमन्त्री ओलीले उद्घटना गर्न लागेका हुन् ।

    आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर निमन्त्रणा समेत दिइसकेको छ । 

    उक्त भेटघाटका अवसरमा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५०औँ वार्षिक उत्सव मनाउने क्रममा रहेको तथा १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी गराएका थिए ।

    उनले यस वर्षको नाडा अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो गरिने जानकारी पनि प्रधानमन्त्री ओलीलाई दिएका छन् ।

    पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका युनिट्री रोबोट्स् र दीपल ई–भोल्ट यूएभी जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने अध्यक्ष चौधरीले बताए ।

    ‘सो भेटघाटमा नाडा प्रतिनिधिमण्डलको आग्रहलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सहर्ष स्वीकार गर्नुभएको छ ।यसबाट अटोमोवाइल व्यवसायीहरूले थप हौसला र प्रेरणा मिलेको महसुस गरेका छन्,’ नाडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    भेटघाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्र कुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति थियो ।


    प्रतिक्रिया दिनुहोस