शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • लमजुङमा अटो दुर्घटना, सात घाइते


    हुलाक प्रेस

    • सोमबार, साउन २६ २०८२०१:०४
    लमजुङमा अटो दुर्घटना, सात घाइते

    सुन्दरबजार (लमजुङ) । लमजुङको सुन्दरबजारबाट पाउँदीतर्फ जाँदै गरेको यात्रुवाहक अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । 

    ग. प्र. ०४–००१ ह २०४ नम्बरको उक्त अटो सुन्दरबजार नगरपालिका–७ पोखरेल गाउँको घुम्तीमा दुर्घटना भएको हो ।

    दुर्घटनामा सुन्दरबजार नगरपालिका–६ की गोमा अधिकारीको टाउकोमा गम्भीर चोट लागेकाले एचडिसियस नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा प्राथमिक उपचारपछि चितवन रिफर गरिएको इलाका प्रहरी कार्यालय सुन्दरबजारले जनाएको छ ।

    सोही स्थानका कृष्णकुमारी रेग्मी, सृजना तामाङ, स्वतन्त्र घिमिरे र सरस्वती न्यौपाने सामान्य घाइते भएका एचडिसियस नमूना सामुदायिक अस्पताल सुन्दरबजारका निर्देशक हेमन्त श्रेष्ठले जानकरी दिए । 

    त्यसैगरी पर्वतको कुश्मा नगरपालिका–१० की हाल लमजुङ क्याम्पसमा अध्ययनरत दिक्षकिरण शर्मा सामान्य घाइते रहेकी प्रहरीले जनाएको छ । सामान्य घाइते सबैको एचडिसियस नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा उपचार भइरहेको छ ।

    दुर्घटनापछि चालक विनोद खड्का र अटोलाई इलाका प्रहरी कार्यालय भोटेओडारको नियन्त्रणमा राखिएको छ । 
    रासस


  • सम्बन्धित विषय:

  • # #autoaccident
  • प्रतिक्रिया दिनुहोस