धरान (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा चार जनाको निधन भएको छ भने २३ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज विहान एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा सप्तरी मधावे गाउँपालिका– ६ बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल र सुनसरीको कोशी गाउँपालिका– ६ का ७० वर्षीय लक्ष्मण सदाको मृत्यु भएको हो । यसैगरि मृत्यु हुनेमा विराटनगरका अशोक यादव रहेका छन् । मृतक महिलाको भने पहिचान हुन बाँकी छ ।
घाइतेहरुको इनरुवा , विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।
घाइतेको विवरण
१, मोरङ सुन्दरहरैँचा नगरपालिका– ९ का अम्बिका राई ।
२, खोटाङ रावावेसि गापा– २ बस्ने निरुता परियार ।
३ खोटाङ रावावेसि गापा– २ का ३८ वर्षीय निर्मल परियार ।
४,सप्तरी मन्धेव गापा– ६ बस्ने रबिन्द्र प्रसाद मण्डल ।
५,उदयपुर चौदण्डिगढी नगरपालिका– ५ का ५० वर्षीया रेनुका श्रेष्ठ ।
६ झापा शिबसताक्षी नगरपालिका– ५ का ३८ वर्षीय खगेन्द्र थापा
७,भद्रपुर नगरपालिका– ९ का ५३ वर्षीयको सन्तोष खत्री ।
८, उदयपुर बेलस्रोत नपा– १ का २० वर्षीय दिपक बिक ।
९, ईलाम चुलाचुली गापा– ३ का ३६ वर्षीय सविन राई ।
१० सप्तरीका रविन्द्र मेहता ।
११, सप्तरीका ६८ वर्षीय जिवछ महात्मा ।
१२, खोटाङ हलेसी तुवाचुङ नपा १० का ८४ वषीय नेत्रलाल गिरी ।
१३ नेत्रलाल गिरीको छोरा ३९ वर्षीय केदार गिरी
१४,झापा अर्जुनधारा नपा १ साजनटारका सत्य राई ।
१५, सप्तरी राजविराज– ६ का प्रकाशकुमार रायको छोरा १० वर्षीय रुद्र राय
१६, मोरङ विराटनगर– १० का ४८ वर्षीया सोभा यादव ।
१७, सप्तरी राजविराज– १२ का ४४ वर्षीया प्रमोद रजक ।
१८, सप्तरीकै तिलाठी– ५ का २२ वर्षीय रवि राय ।
१९, सप्तरी राजविराज– २ का २४ वर्षीय भोला यादव
२०,सप्तरी राजबिराजका ३५ वर्षीय प्रदिप यादव ।
२१, सुनसरी कोशी गाउँपालिका–– ०६ श्रिपुर बस्ने ६० वर्षीय जोगिन्द्र दास
२२, सप्तरी डाक्नेश्वरी– ३ का ३० वर्षीया अमृता राय
२३, सप्तरी राजविराज– ४ का २१ वर्षीय सन्तोष बास्तोला ।