शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • रवि लामिछाने बसेको कोठामा एसी छैन, झ्याल प्लाई उडले टालेर बन्द गरिएको छ : मानव अधिकार आयोग


    हुलाक प्रेस

    • सोमबार, साउन २६ २०८२०१:५९
    रवि लामिछाने बसेको कोठामा एसी छैन, झ्याल प्लाई उडले टालेर बन्द गरिएको छ : मानव अधिकार आयोग

    काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेको छ । 

    राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरुले सभापति लामिछाने बसेको रुपन्देही कारागारको कोठामा अनुगमनपछि वातानुकूलित एसी नरहेको, झ्याल प्लाई उडले टालेर बन्द भएको स्पस्ट पारेका हुन् । 

    राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको,  कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताइन् । 

    लामिछाने बसेको कोठामा ब्लकभित्र झ्याल टालिएको, हावा पास हुने अवस्था नदेखिएको,  कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो गरी दुई ओटा पंखा रहेको जानकारी दिइन् ।


    प्रतिक्रिया दिनुहोस