बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ईपीएस परिक्षामा भाग लिन नपाउने सूचनापछि आक्रोशित परीक्षार्थीको प्रदर्शन, बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी 


    हुलाक प्रेस

    • शुक्रबार, पुस १३ २०८००१:०३
    ईपीएस परिक्षामा भाग लिन नपाउने सूचनापछि आक्रोशित परीक्षार्थीको प्रदर्शन, बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी 
    तस्वीर: उमेश श्रेष्ठको फेसवुक वालबाट

    काठमाडौं । कोरिया जानको लागि ईपीएस परिक्षामा भाग लिन नपाउने विद्यार्थीहरुले बालकुमारीमा प्रर्दशन गरेका छन् । 
    हजारौं परिक्षार्थीले प्रर्दशनको क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनि गरेको प्रहरीले जनाएको छ ।   

    ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले गाडीमा आगो लगाएको खबर आएकाले प्रहरी परिचालन गरेको बताए । 

    अदालतले कोरियामा श्रमिक पठाउने शिप बिल्डिङ विषयमा अनुत्तिर्ण भएका पूर्वपरीक्षार्थीलाई म्यानुफ्याक्चर क्षेत्रमा आवेदन दिनबाट नरोक्नु भनेर आदेश दिएको थियो । 

    तर श्रम विभागले रिट निवेदक १८ जनालाई मात्र आवेदन दिन पाउने र अरूले आवेदन दिन नपाउने सूचना जारी गरेपछि हजारौं परिक्षार्थीहरुले कार्यलय घेराउ गरेका थिए ।  
    अहिले प्रर्दशनकारीले बालकुमारी कोटेश्वर क्षेत्रमा नारावाजी गरिरहेका छन् । बालकुमारी क्षेत्र तनावग्रस्त रहेको छ । 

     


    प्रतिक्रिया दिनुहोस