शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नदीमा डुबेर १४ वर्षीय घनश्याम यादव बेपत्ता, खोजी कार्य जारी


    हुलाक प्रेस

    • मंगलबार, साउन २७ २०८२०७:२२
    नदीमा डुबेर १४ वर्षीय घनश्याम यादव बेपत्ता, खोजी कार्य जारी

    सिरहा । बलान नदीमा डुबेर सखुवानन्कारकट्टी गाउँपालिका–३ स्थित परीयारपुरका शिवकुमार यादवका १४ वर्षीय घनश्याम यादव बेपत्ता भएका छन् । 

    सोमबार बिहान नुहाउने क्रममा डुबेका घनश्यामको खोजी कार्य जारी रहे पनि साँझसम्म फेला परेका छैनन् । 

    बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीसहित खोजतलासमा तालिम प्राप्त विपद् व्यवस्थापन टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नं ७ गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए । 

    बलान नदीको पानी धमिलो हुनुका साथै बगेर आउने बालुवाको थुप्रोले खोजीमा कठिनाइ उनले बताए । “नदीमा अत्यधिक बालुवा जमेको छ, जसले बालकलाई पुरेको हुनसक्ने अनुमान गरेका छौँ”, उनले भने । 

    नदीको बहाव, पानीको गहिराइ र जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले प्रदेश कार्यालय बर्दिबासमार्फत गोताखोर टोलीको माग गरेको थियो । सो टोली सोमबार बिहान मात्र घटनास्थलमा पुग्ने जनाइएको छ । 

    नदीले बालकलाई बगाएर भारतीय सीमा पार गराएको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतीय सुरक्षाकर्मीसँग समन्वय गरिएको भण्डारीले बताए । बालक बेपत्ता भएपछि गाउँ शोकमा डुबेको छ ।  
    रासस


    प्रतिक्रिया दिनुहोस