बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रास्वपा महामन्त्री दाबी गर्दै मुकुल ढकालले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज


    हुलाक प्रेस

    • मंगलबार, साउन २७ २०८२०७:५७
    रास्वपा महामन्त्री दाबी गर्दै मुकुल ढकालले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज

    काठमाडौँ । रास्वपा महामन्त्री दाबी गर्दै मुकुल ढकालले सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको इजलासको उक्त रिट खारेज गरिदिएको हो ।  

    ढकालले रास्वपाको महामन्त्री आफू रहेको र सोही हैसियतमा काम गर्न पाउनुपर्ने दाबी गरी सर्वोच्चमा रिट दिएका थिए । 

    यसअघि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले विवादित विषयमा गरिएका निर्णय र पत्राचारसम्बन्धी सबै कागजात झिकाउने आदेश गरेको थियो । 

    त्यसअघि न्यायाधीश कुमार रेग्मीको इजलासले असार १२ गते रास्वपा र यसको नेतृत्वसँग लिखित जवाफ माग गरेको थियो । 

    साथै अन्तरिम आदेश जारी हुने कि नहुने भनी निर्क्योल गर्न दुवै पक्षलाई छलफलमा पनि बोलाएको थियो ।

    रास्वपाका संस्थापक महामन्त्री ढकाललाई पार्टीहितविपरीत गतिविधि गरेको भन्दै २०८१ असार २६ मा पार्टीबाट निकालिएको थियो। त्यसपछि उनले आफू रविको क्लबबाट निकालिएको प्रतिक्रिया दिएका थिए । ढकाल रास्वपाका प्रवक्ता समेत थिए । 


    प्रतिक्रिया दिनुहोस