शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • चिकित्सा शिक्षा आयोगको २१औैँ बैठकः सङ्ख्या वृद्धिसहित सिट निर्धारण


    हुलाक प्रेस

    • बिहीबार , साउन २९ २०८२०४:४८
    चिकित्सा शिक्षा आयोगको २१औैँ बैठकः सङ्ख्या वृद्धिसहित सिट निर्धारण

    काठमाडौँ । चिकित्सा शिक्षा आयोगको २१औैँ बैठकले यस शैक्षिकसत्रका लागि चिकित्सा शिक्षाको विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को ‘पिसिएल’ तहको सङ्ख्या वृद्धिसहित सिट निर्धारणको निर्णय गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा आयोगको सिट निर्धारण समितिको सिफारिस बमोजिम सो निर्णय गरेको हो । 

    गत असार ३२ गते भएको आयोगको २०औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गर्न प्रक्रिया अघि बढाएको थियो ।
    रासस


    प्रतिक्रिया दिनुहोस