बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विशेष अदालतमा अध्यक्षसहित नयाँ टिम सिफारिस


    हुलाक प्रेस

    • शुक्रबार, साउन ३० २०८२१०:१४
    विशेष अदालतमा अध्यक्षसहित नयाँ टिम सिफारिस

    काठमाडौँ । न्याय परिषद्‌ले विशेष अदालतमा अध्यक्षसहित ५ न्यायाधीश नयाँ तोक्न सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद् बैठकले विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्टलाई तोक्न सिफारिस गरेको हो ।

    उनी यसअघि उच्च अदालत जनकपुरमा कार्यरत रहेका थिए । त्यस्तै, सदस्यहरुमा नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालालाई तोक्न सिफारिस गरिएको छ । रावल र श्रेष्ठ उच्च अदालत सुर्खेत अनि कोइराला उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा कार्यरत थिए ।

    विशेष अदालतका न्याय परिषद्‍को सिफारिसमा मन्त्रिपरिषद्‌ले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । विशेष अदालतका वर्तमान अध्यक्ष टेकनारायण कुँवरलाई उच्च अदालत जनकपुरमा सरुवा गरिएको छ । 

    भ्रष्टाचारका मुद्दा सुनुवाइ गर्ने अदालतमा कुँवर नेतृत्वमा आएपछि उल्लेख्य सुधार हुँदै धमाधम मुद्दा फैसला भएका थिए ।


    प्रतिक्रिया दिनुहोस