शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • भारतीय विदेश सचिव भोलि काठमाडौं आउँदै


    हुलाक प्रेस

    • शनिबार, साउन ३१ २०८२०४:२५
    भारतीय विदेश सचिव भोलि काठमाडौं आउँदै

    काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री भोलि नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमणबारेर जानकारी गराएको छ ।

    नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ । प्रधानमन्त्री केपी शर्मा ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ ।

    परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ ।

    उनी दुई दिने भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली २ भदौमा फर्कनेछन् ।


    प्रतिक्रिया दिनुहोस