काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने भारत भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले यो जानकारी दिएका हुन् ।
भारत र चीनबिच सीमा क्षेत्रका विशेष प्रतिनिधिहरू बिचको २४ औँ चरणको वार्ता हुँदैछ । यसमा वाङ यी पनि सहभागी हुनेछन् ।
भारतको निमन्त्रणामा परराष्ट्र मन्त्रीको यो भ्रमण अगस्ट १८ देखि २० सम्म हुने मन्त्रालयले जानकारी दिएको छ । वाङ यी चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य हुन् ।
यसका साथै उनी चीन–भारत सीमा मामिलाका लागि चीनको विशेष प्रतिनिधि पनि हुन् ।