शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध


    हुलाक प्रेस

    • आइतबार, भदौ १ २०८२०७:५९
    सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    भरतपुर । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । 

    जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव जेसीभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । 

    उक्त ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । रासस

     


    प्रतिक्रिया दिनुहोस