शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सोरू गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता


    हुलाक प्रेस

    • आइतबार, भदौ १ २०८२०५:३६
    सोरू गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरूद्ध  भ्रष्टाचार मुद्दा दर्ता

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुको सोरू गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

    अख्तियारले आइतबार प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य, सवइन्जिनियर जगतबहादुर मल्ल, लेखापाल जेठबहादुर बुढा र योजनाशाखा प्रमुख नविन बुमी, जवलधारा पीसीसी सडक निर्माण योजनाका उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर छत्याल, सह संयोजक विष्णु छत्याल, कोषाध्यक्ष घोगीसरा शाही, सचिव मुकुन्दे दमाईसहितका १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । 

    २०७७/०७८ मा गाउँपालिका-१ स्थित पीसीसी सडक निर्माण योजनामा वास्तविक काम भन्दा बढी मुल्यांकन गरेर भ्रष्टाचार गरेको आरोप लगाइको छ । 

    अख्तियारका अनुसार आरोपीहरुले ४० लाख १३ हजार ४३९ रूपैयाँमा सम्झौता गरेर थप ७ लाख ६ हजार ७९९ रूपैयाँ बढी लिएको प्रमाण फेला परेको छ । 

    अख्तियारले उनीहरूसँग सम्झौताभन्दा थप लिएको रकम ७ लाख ६ हजार ७९९ रूपैयाँ बराबरको विगो माग दाबी गरेको छ। 


    प्रतिक्रिया दिनुहोस