शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • हेटौँडा–काठमाडौँ सडक पूर्ण रूपमा सञ्चालनमा


    हुलाक प्रेस

    • मंगलबार, भदौ ३ २०८२१२:०६
    हेटौँडा–काठमाडौँ सडक पूर्ण रूपमा सञ्चालनमा

    बागमती । हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–भिमफेदी–सिस्नेरी–काठमाडौँ सडक आज विहानबाट सञ्चालनमा आएको छ । 

    सो सडक खण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुख्खा पहिरो पन्छाएपछि आज विहान ९ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    सडकमा माथिबाट पहिरो खस्दा गत शनिवार विहानदेखि सडक अबरुद्ध भएको थियो । 

    अबरुद्ध सडकबाट पहिरो हटाउन पछिल्लो दुई दिनदेखिको निरन्तरको प्रयास पश्चयात् सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । सडक सञ्चालन भएसँगै हेटौँडा–काठमाडौँ आवतजावतमा सहजता भएको छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस