बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पर्वतारोहण संघको निर्वाचन : गुरुङ र शेर्पाबीच प्रतिस्पर्धा


    हुलाक प्रेस

    • बिहीबार , भदौ ५ २०८२०८:४२
    पर्वतारोहण संघको निर्वाचन : गुरुङ र शेर्पाबीच प्रतिस्पर्धा

    काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को केन्द्रीय कार्यसमिति निर्वाचन नजिकिँदै गर्दा चुनावी दौडधुप बढेको छ । 

    निर्वाचन समितिले भदौ ७ गतेका लागि मतदान कार्यक्रम तय गरेसँगै उमेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।

    निर्वाचनमा दुई प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमाले र नेपाली कांग्रेसनिकट व्यवसायी र नेकपा माओवादी केन्द्रसँग नजिकको समूह र एमालेकै अर्को समूह मिलेर बनेको गठबन्धन छ ।

    अध्यक्ष पदमा कुलबहादुर गुरुङ र फुर गेल्जे शेर्पाले आआफ्नो प्यानलको नेतृत्व गर्दै प्रतिस्पर्धा गर्ने भएका छन् ।

    निर्वाचन कार्यक्रम अनुसार अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र १७ सदस्य पदका लागि मतदान हुनेछ । मतदान काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भदौ ७ गते हुनेछ । संघमा आबद्ध पर्वतारोही र पर्यटन मजदुरतर्फका चार सदस्य पदका लागि भने भदौ ८ गते छुट्टै मतदान हुनेछ ।

    गुरुङ नेतृत्वको प्यानल (एमाले–कांग्रेस गठबन्धन)
    एमाले–कांग्रेस गठबन्धनले पर्यटन व्यवसायी कुलबहादुर गुरुङलाई अध्यक्ष पदमा उमेदवार बनाएको छ । उनका प्यानलमा वरिष्ठ उपाध्यक्षमा टीकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विमलकुमार नहर्की, सचिवमा डीमा डिकी शेर्पा र कोषाध्यक्षमा सुनी लामा छन् ।

    सदस्यतर्फ पुष्कर शाह, बलबहादुर सुयाल, हरिगोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, गीता राई, सुदास लामा, लालबहादुर जिरेल, नर्बु छिरिङ शेर्पा लामा र पासाङ शेर्पा उमेदवार छन् ।

    शेर्पा नेतृत्वको प्यानल (माओवादी–एमाले समूह)
    नेकपा माओवादी केन्द्रनिकट र एमालेकै अर्को समूह मिलेर फुर गेल्जे शेर्पाको नेतृत्वमा प्यानल बनाइएको छ । यो प्यानलमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्रबहादुर लामा, सचिवमा चन्दन थापा र कोषाध्यक्षमा ङिमा नुर्ब शेर्पा उमेदवार छन् ।

    सदस्यतर्फ डोल्मा लामा, निशा भोटे, केदार न्यौपाने, देण्डी शेर्पा, गोकुल थापा, विक्रम कार्की, थुप्देन शेर्पा, मुलाल गुरुङ, माधवकुमार धमाल, रिन्जे शेर्पा र देवेन्द्र डंगोल सदस्यका उमेदवार छन् ।


    प्रतिक्रिया दिनुहोस