काठमाडौं । बेनी–जोमसोम सडकखण्ड र राप्ती राजमार्ग अवरुद्ध भएको छ ।
म्याग्दीस्थित बेनी–जोमसोम सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । बिहान ५ : २० बजे रघुगंगा गाउँपालिका–२ बैसरीस्थित माथिबाट पहिरो खसेर बेनी–जोमसोम सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको हो । सल्यानसिथत राप्ती राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको छ ।
बिहान ५ : २५ बजे सल्यान कपुरकोट गाउँपालिका बर्सेरीस्थित सडकभन्दा माथिबाट पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।