शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • लामखुट्टे मार्न काठमाडौं महानगरको मेगा अभियान, आज ‘वाक एण्ड एक्ट’ कार्यक्रम


    हुलाक प्रेस

    • शुक्रबार, भदौ ६ २०८२०८:५०
    लामखुट्टे मार्न काठमाडौं महानगरको मेगा अभियान, आज ‘वाक एण्ड एक्ट’ कार्यक्रम

    काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि आज एकदिने मेगा अभियान सञ्चालन गर्दैछ ।

    बिहान ८ बजे राष्ट्रिय सभागृहबाट सुरु हुने अभियानलाई ‘वाक एन्ड एक्ट’ नाम दिइएको छ ।

    यस अभियानको क्रममा लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपायबारे जानकारी दिन माइकिङ गर्ने लगायतका काम हुने महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए ।

    गत साउन २७ गतेको विभागीय स्तरीय निर्णयअनुसार महानगरपालिका अन्तर्गतका सबै वडामा एकसाथ, एकै समयमा डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेगा अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।

    यसअघि यस्तो अभियान महानगरपालिकाले हरेक हप्ताको शुक्रबार गर्दै आएको थियो ।


    प्रतिक्रिया दिनुहोस