शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिष्ठान सुधारमा असफल हुने छुट मलाई छैन : उपकुलपति डा. बिक्रम श्रेष्ठ


    हुलाक प्रेस

    • शुक्रबार, भदौ ६ २०८२१०:२६
    प्रतिष्ठान सुधारमा असफल हुने छुट मलाई छैन : उपकुलपति डा. बिक्रम श्रेष्ठ

    धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका काममा आफुलाई असफल हुने छुट नहुने प्रतिष्ठानका नव नियुक्त उपकुलपति डा. बिक्रम श्रेष्ठले बताए ।

    शुक्रबार नेकपा (एमाले) का नेतृत्व तथा मजदुर नेताहरुसंग कुराकानी गर्नुहुँदै उपकुलपति डा. श्रेष्ठले उक्त कुरा बताएका हुन् । उनले आफ्नो नियुक्ती राजनीतिक भए पनि कुनै राजनीतिक आग्रह पूर्वाग्रह बिना सबैको साथ र सहयोग लिएर काम गर्ने बताए ।

    'म प्रतिष्ठानमा २५ वर्षदेखि काम गरिरहेकोछु, म धरानबासी हुँ, यस अघि शिक्षाध्यक्ष भएर काम गरेको अनुभव पनि छ, उनले भने, 'मलाई असफल बनाउनेहरु पनि छन् र साथ दिनेहरु पनि छन् सबैलाई नियालेर काम गर्छु ।' म अलिक सोझो छु, तर, इमान्दार छु मैले काम गर्दा कुनै वाधा आयो भने मलाई तपाईँहरुको साथ चाहिन्छ ।'

    नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले प्रतिष्ठानको परम्परागत संरचनाहरु जसले प्रतिष्ठानलाई सुधार हुन बाधा पुर्याइरहेको छ त्यसको समुल शल्यक्रिया गनु पर्ने सुझाए ।

    राईले प्रतिष्ठानको प्रशानिक सुधार गर्दै जनताको दैनिक सेवालाई चुस्त र छरितो बनाउनु पर्ने, सेवालाई नयाँ क्षेत्रमा विस्तार गर्दै आवश्यक पूर्वाधारको विकास र अति जरुरी स्वास्थ्य परिक्षणका साधनहरु (इक्युपमेन्ट) को व्यवस्था गर्दै प्रतिष्ठानलाई सुविधासम्पन्न स्वास्थ्य विश्वविद्यालयका रुपमा विकास गर्न सुझाव दिए ।

    डा. श्रेष्ठसंगको भेटघाटटोलीमा नेकपा (एमाले) कोशी प्रदेशका सदस्यहरु सूर्य पन्धाक, शुशीला पहाडी, मौसम राई ध्रुव राई, सुनसरी जिल्ला सदस्य राजमणी निरौला, धरान नगर अध्यक्ष हर्कजंग एभेङ, नगर सदस्य दिपक बनेपाली लगायतका नेताहरु सहभागी रहेको थियो ।


    प्रतिक्रिया दिनुहोस