शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सुक्खा पहिरो झरेर अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक सञ्चालनमा


    हुलाक प्रेस

    • शनिबार, भदौ ७ २०८२१०:०९
    सुक्खा पहिरो झरेर अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

    चितवन । तुइन खोला नजिकै सुख्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान पौन ७ बजेदेखि अवरुद्ध बनेको सो सडकखण्ड ८ बजेबाट पहिरो हटाएर सञ्चालनमा ल्याइएको छ ।

    सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याएको हो ।

    पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यमा हिँडेको प्रहरीले जनाएको छ । तुइनखोलामा यस वर्ष पहिरोका कारणले पटकपटक सडक अवरुद्ध हुँदै आएको छ ।


    प्रतिक्रिया दिनुहोस